नेपालगन्ज–ठाकुरद्वारा मानव स्वास्थ्य र पर्यटन प्रवद्र्धन गर्न साइकल यात्रा

नेपालगन्ज । टुक्रा टुक्रा साइकलको चेनमार्फत विश्वलाई जोड्ने प्रयास गर्दै टुर दि ठाकुरद्वाराको छैठौ संस्करण शुरु भएको छ । बाँके र बर्दियाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल र भारतका विभिन्न ठाउँबाट सहभागिता रहेको छ ।

नेपालगन्ज साइकिलिङ क्लवले हरेक वर्ष आयोजना गर्ने नेपालगन्जको शक्तिपिठ वागेशवरी मन्दिर देखि ठाकुरद्वाराको ठाकुरबाबा मनिदर सम्मको करीब १सय ४ किलो मिटरको साइकलयात्रा आजदेखि शुरु भएको छ ।

साइकलको चेन मार्फत पश्चिम नेपालको पर्यावरण, स्वास्थ्य, खेलकुद, वन्यजन्तु संरक्षणका साथै पर्यटन प्रवद्र्धन गर्ने मूख्य उद्देश्यका साथ शुरु भएको साइकिल यात्रामा छिमेकी देश भारत र नेपालका साइक्लिष्टहरुले उत्साहका साथ सहभागिता जनाएका छन् ।

२०७५ साल देखि ४८ जनाबाट शुरु गरिएको साईकल यात्रा छैठौ संस्करण सम्म आईपुग्दा २ सय ५० साईकल यात्रीहरुले टुर दि ठाकुरद्वारा यात्रा गरेको नेपालगनज साईकल क्लबका अध्यक्ष प्रदिप सापकोटा बताउछन् ।

नेपाली संस्कृति, नेपालको मनोरम प्रकृति, स्वास्थ्य, पर्यटन र खेलकुदमार्फत पश्चिम नेपालको सामाजिक आर्थिक र आत्मीय व्यवहारमा परिवर्तन ल्याउने विश्वासका साथ आयोजना गरिने चली ठाकुरद्वारा साइकलयात्रामा यसपाली भारतबाट साईकल बाबा भनेर चिनिने संजीव जिन्दलले नेतृत्व गरेका छन् । उनले केही संस्करण यता लगातार भागलिदै आएकाले नेपालको मौलिक संस्कृति, स्थानीय खाना, मनोरम प्रकृति र नेपाली संस्कारले नेपालको साईकल यात्रामा लोभ्याएको बताउछन् ।

साईकल यात्राले मानव स्वास्थ्यलाई समेत फाईदा हुने भन्दै भेरी अस्पतालका मुटुरोग बिशेषज्ञ डा. बिपिन आचार्य बताउछन् ।वातावरणीय दृष्टीकोण र स्वास्थ्यको हिसावले साइकलयात्रा महत्वपूर्ण हुने भन्दै करोडौ मूल्यको ईन्धन समेत साईकल यात्राले बचत गर्ने नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट बताउछन् । उनले साईकल यात्रीहरुले आफूलाई स्वस्थ मात्र नभई अरुलाई समेत स्वस्थ हुन र राष्ट्रको ढुकुटी बचाउन पनि साईकल यात्राले सहयोग पु¥याएकाले आगामी संस्करणमा नेपालगन्ज उपमहानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ठाकुरद्वारामा पुगेर राष्ट्रिय निकुञ्जमा हात्ती, जीपमार्फत जंगल सफारी, कर्णाली, गेरुवा पुलको अवलोकन गर्दै तीन दिन पश्चात २८ गते विहान कार्यक्रम समापन गरिने जनाइएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय