१३ वर्षीया बालिकाको सामूहिक बलात्कार

महोत्तरी। महोत्तरीको सम्सीमा लुटेरा समूहले १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको छ । सम्सी गाउँपालिका–२ पर्सामा बालिकालाई चार जनाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण सोनमा घर भई मामाघरमा बोल्न नसक्ने आमा र हजुरआमासँग बस्दै आएकी बालिकालाई लुटेराहरूले गत माघ २२ गते राति साढे १ बजे खेतमा लगेर बलात्कार गरेका हुन् ।

चार जनाको घरमा लुटपाट गर्दै आमा र हजुरआमालाई घरमा थुनेर लुटेरा समूहले बालिकालाई खेतमा लगेर बलात्कार गरेको हो ।

पीडित बालिकाको बयानअनुसार प्रहरीले सम्सी–२ का २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहार राज्यको सीतामढी ग्राम पञ्चायत रतनपुर बस्ने २१ वर्षीय जियाउल अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरूलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको र आरोपी फरार एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि आक्रोशित स्थानीयले पिडितलाई न्याय दिलाउन र शान्ति सुरक्षा मजबुद बनाउन प्रहरीलाई आग्रह गरेका छन् ।

केही बिचौलियाहरुले पीडित बालिकाको परिवारको गरिबीको फाइँदै उठाउँदै मिलापत्र गराउन दबाब दिएको बताएको छ । प्रहरीले भने सामूहिक बलत्कारजस्तो जघन्य घटनामा पीडितलाई न्याय दिलाएरै छाडने प्रतिवद्धता जनाएको छ ।

जिल्लामा डाकाहरुको गिरोहले हथियार सहित चोरी, लुटपाट, बलात्कार लगायतका आपराधिक घटना गराउन थालेपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरिक्षकको कमाण्डमा विशेष सुरक्षा टिम परिचालन गरेको पनि जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय