दुर्गा प्रसाईंको पछिल्लो गतिविधि सकारात्मक: कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका छन् ।

शनिबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंको गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताएका हुन् । उनले आफ्नो पार्टीले संविधान र संसदको मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे ।

अध्यक्ष थापाले गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको जिकिर समेत गरे ।

अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको पनि स्पष्ट पारे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय