स्वतन्त्र प्रदेश सभा सदस्य जसपामा प्रवेश

राजविराज । ज्यान मार्ने उद्योग मुद्दामा धरौटीमा रिहा भएका स्वतन्त्र प्रदेश सभा सदस्य अनिरुद्व सिंह यादव जनता समाजवादी पार्टी ९जसपा० मा प्रवेश गरेका छन् ।जसपाबाट बिद्रोह गरि चुनाव लडेर जितेका यादव पुनः जसपामै प्रवेश गरेका हुन् । यादव सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा निर्वाचित भएका थिए ।शनिबार सप्तरीको बोदे बर्साईन नगरपालिकामा आयोजित एक कार्यक्रममा उनी जसपा प्रवेश गरे ।उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराए ।

क्षेत्र नम्बर ४ को ख बाट जसपाले नेतृ रेणु यादवका छोरा अभिषेकलाई उम्मेदवार बनाएपछि अनिरूद्व पार्टी छाडी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
कार्यक्रमलाई जसपा महिला नेतृ तथा पुर्व मन्त्री रेणु कुमारी यादवले बहिष्कार गरिन् । यादव प्रवेश गरे सँगै मधेश प्रदेशमा जसपाको प्रदेश सभा सदस्य संख्या १९ पुगेको छ । सप्तरी प्रदेश क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद सिंह यादव ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालत जनकपुर राजविराजबाट रु १ लाख २० हजार धरौटीमा रिहा भएका हुन् । माओवादी नेता गोबिन्द चौधरीको हत्याकाण्डमा संलग्न रहेको भन्दै उनीविरूद्व कर्तव्य ज्यान तथा डाँका मुद्दा परेको थियो । मुलतबीमा रहेको उक्त मुद्दामा उनलाई १७ भदौमा पक्राउ गरि १८ भदौमा सप्तरी जिल्ला अदालतमा पेश गर्दा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियोे ।

अदालतले वादी रिता कुमारी चौधरीको जाहेरीले कर्तव्य ज्यान तथा डाँका मुद्दामा नेपाल सरकारको प्रतिवादी भनिएका अनिरुद्द सिंहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ १ ख बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियोे । अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएलगतै मधेस प्रदेश सभाले निलम्बन गरेको थियो । सप्तरी जिल्ला अदालतको आदेशबिरुद्ध अनिरूद्व पक्षले उच्च अदालतमा रिट दायर गरेको थियो । उक्त मुद्दामा बिहीबार बहस हुँदा अनिरूद्वलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय