मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित,तामाङ समुदायका एकलाई मन्त्री बनाउने

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् । शनिवार काठमाडौंको टुँडिखेलमा सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरेका हुन् ।

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको पनि बताए । उनले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनबाट गुणात्मक फड्को मार्न सकिने पनि बताए ।

प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिए । तामाङ समुदायको नयाँ वर्ष शुरु भएको दिनको रुपमा मनाइने सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरिएको हो । सो क्रममा तामाङ समुदायको विभिन्न संघसंस्थाले टुँडिखेल वरपर साँस्कृतिक झाँकीसहितको ¥याली निकालेका थिए । ल्होछारमा तामाङ समुदायलाई शुभकामना दिँदै ज्यापु संस्कृति विकास कोष र त्यंगः त्वाः खलः ले पनि ¥याली निकालेको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइने गरिन्छ ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । तामाङ समुदायमा आजदेखि खरायो वर्ग पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । सोनाम ल्होसारमा भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउने गर्दछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय