म्यानमारमा पुरुष र महिलाले कम्तीमा २ वर्ष सैनिक बनेर काम गर्नुपर्ने

म्यानमारको सैन्य सरकारले देशका युवा युवतीलाई अनिवार्य सैन्य सेवा गर्नुपर्ने नियम बनाएको छ । सन् २०२१ मा जननिर्वाचित सरकारमाथि कु गरेर सत्ता हत्याएको सैन्य सरकारले देशभर द्वन्द्व र अशान्तिका बीच युवाहरुलाई अनिवार्य सैन्य सेवामा जोडिनुपर्ने नियम बनाएको हो ।

सैन्य सरकारले नयाँ नियम जारी गर्दै १८ वर्षदेखि ३५ वर्ष उमेरका पुरुष र १८ देखि २७ वर्षका महिलाले कम्तीमा २ वर्ष सैनिक बनेर काम गर्नुपर्ने घोषणा गरेको हो । म्यान्मारमा सन् २०१० मै युवाहरुलाई कम्तीमा २ वर्ष सैनिक बन्नुपर्ने कानून बनाइए पनि अहिलेसम्म कार्यान्वयन भएको थिएन । तर, अहिले देशभर विभिन्न जातीय तथा राजनीतिक मिलिसिया बन्दै गएपछि सरकारले युवाहरुलाई अनिवार्य सैनिक बन्नुपर्ने नियम कार्यान्वयनमा ल्याउन लागेको हो ।

देशका विभिन्न ठाउँमा जातीय मिलिसिया र सरकारी सैनिकबीच झडपका घटना भइरहेका बेला पछिल्लो निर्णय आएको हो । जननिर्वाचित सरकारमाथि कु भएपछि विभिन्न राजनीतिक दलले आफ्ना सैन्य संरचना बनाएर तालिम प्रदान गर्दै आएका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय