साली नदिमा स्वस्थानी देवीको पुजागर्ने धर्मावलम्बीको घुइँचो

स्वस्थानी देवी को पुजा गरी गरिने व्रतकथा शुरू भएपछि हिन्दु धर्मावलम्बीहरू पुजा र ब्रतको लागि साली नदि पुग्ने घुइँचो बढेको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

स्वस्थानी व्रतप्रकारहिन्दूप्रारम्भपुष शुक्ल पूर्णिमासमापनमाघ शुक्ल पूर्णिमा शाली नदीमा माघ महिनामा लाग्ने मेलाको एक दृष्य शाली नदीमा माघ महिनामा लाग्ने मेला हेर्न आएको बर्ष दिनमा एकपटक साली नदि आउदा मन शान्त हुने सहभागी दर्शनार्थीहरुले बताए ।

विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ । सालीनदिमा एकमहिना सम्म श्रीस्थस्थानी ब्रत कथा पढ्ने स्नान गर्ने एक महिना सम्म ठूलो मेला लाग्ने गर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय