धार्मिक पर्यटकीय क्षेत्र विजयपुरलाई चिनाउनको लागि दौड प्रतियोगिता

धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुरलाई चिनाउनको लागि यस बर्षदेखि दौड प्रतियोगिता फाइब के रन को आयोजना गरेको छ ।परिवर्तन क्लब धरान १४ को आयोजनामा १४ नं वडा समितिले सहयोग गरेको छ । यस बर्षको ५ किमीको दौड प्रतियोगितामा पहिलो प्रतियोगिता अन्तर्गत पुरुष खुल्ला तर्फ ५ किमीको दूरी १७ मिनेट ५६ सेकेण्डमा पार गर्दै प्रशान्त तामाङ प्रथम भएका थिए भने महिलातर्फको खुल्लातर्फ २३ मिनेट २० सेकेण्डमा सोही दूरी पार गर्दै छविमाया राई प्रथम भएकी थिइन् ।

यस्तै पुरुष तर्फको १८.३८ मिनेटमा दूरी पार गर्दै पुरुषतर्फ सरोज लिम्बु दोस्रो, १९ मिनेटमा निर्धारित दूरी पार गर्दै सरोज राई तेस्रो भएका थिए भने महिला खुल्लातर्फ निर्धारित दूरी २४ मिनेटमा पार गर्दै इन्द्रकला गुरुङ दोस्रो र २६.४१ मिनेटमा निर्धारित दूरी पार गर्दै नानी तामाङ ते्रसो भएकी थिइन् ।

यसैगरी १४ बर्ष मुनिका बालबालिकामा सहभागीमध्ये पुरुषतर्फ १२.५९ मिनेटमा दूरी पार गर्दै राजु कटुवाल प्रथम, १३.२ मिनेटमा दूरी पार गर्दै सुमित राई दोस्रो र १३.९ मिनेटमा दूरी पार गर्दै दावा भोटे तेस्रो हुन सफल भएका थिए । यसैगरी १४ बर्ष मुनिका महिलातर्फ निर्धारित दूरी १९.२ मिनेटमा पार गर्दै रेसिका तामाङ पथम, १९.५५ मिनेटमा पार गर्दै सुज्ञानी सुवेदी दोस्रो र २०.५ मिनेटमा निर्धारित दूरी पार गर्दै अनुज्ञा खड्का तेस्रो भएकी थिइन् ।

प्रतियोगितामा सहभागीहरुलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।स्वास्थ्यका लागी दौड भन्ने उद्धेश्यले यो दौडको आयोजना गरिएको कार्यक्रमका संयोजक तथा चौध न. वडा सदस्य झर्ना पोडेल सुनुवारले बताए।विजयपुरको प्रचारप्रसार स्वरुप फाइब के रनको आयोजना शुरु गरिएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए। प्रतियोगितामा विभिन्न ठाउँबाट सहभागी हुने भएकोले धरानको विजयपुर धार्मिक पर्यटकीय क्षेत्रको प्रचारसँगै आपसी भाइचाराको सम्बन्ध स्थापित हुने उनले बताए ।

प्रतियोगितालाई निरन्तता दिन प्रत्येक बर्ष आयोजना गरिने उनले जानकारी दिए । विजयपुर धामिक क्षेत्र मात्र हैन खेलकुदको क्षेत्र पनि हो भन्ने अभिप्रायले विभिन्न प्रतियोगिता गरिदै आएको उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय