स्थानीय सरकारसँग समन्वय गरेर वडा वडामा निःशुल्क स्वास्थ्य शिविर

केएचडिसीको कार्यक्रम स्थानीय स्तरमै प्रभावकारी बन्दै गएको छ । स्थानीय सरकारसँग समन्वय गरेर वडा वडामा निःशुल्क स्वास्थ्य शिविर राखेपछि वडाबासी लाभान्वित बनेका छन् । स्थानीय सरकारसँग समन्वय गरेर वडावडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको केएचडिसीले धरान १६ का चार स्थानमा पाँच हप्ता निःशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यो । गरिब तथा विपन्न परिवार तथा विरामी भएपनि अस्पतालसम्म पुग्न नपाएकाहरुले यो शिविरबाट फाइदा लिएका थिए ।

पाँच हप्तामा २ हजारदेखि २ हजार ५ सय विरामीको केएचडिसीले निःशुल्क स्वास्थ्य चेकजाँच गरेको थियो । त्यसमध्ये ७० जनामा विभिन्न रोग देखिएको केएचडिसीका मेडिकल अफिसर मनिष उप्रतिले जानकारी दिनुभयो । शिविरमा आएकाहरुलाई मधुमेह, उच्च रक्तचाप, मुटु, मगौलासम्बन्धी चेकजाँच गरिएको थियो ।

चेकजाँचमा आउनेहरुको रोगको प्रकृति हेरेर शिविरपछि पनि नियमित उपचार गराउने उप्रेतिले जानकारी दिए । धरान १६मा शिविर सम्पन्न भएपनि धरानका विभिन्न स्थानमा क्रमिक रुपले शिविर सञ्चालन गर्दै जाने उनले बताए । शिविरमा विशेषज्ञ चिकित्सक एवम् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले आफै चेकजाच गर्नुभएको थियो । उनले चेकजाँचसँगै दीर्घ रोगबाट बच्ने उपायका समेत जानकारी गराएका थिए ।

वडाबासीको स्वास्थ्यलाई मध्यनजर गरी स्वास्थ्य शिविर राखिएको धरान उपमहानगरपालिका १६ नं. वडा समितिका वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए । उनले शिविर उपचारमा आएका विपन्न परिवार जसले औषधिसँगै उपचार गराउन नसक्नेहरुलाई वडाबाट नियमित सहयोगसँगै औषधि समेत उपलब्ध गराउने जानकारी दिए ।

पाच हप्तासम्म संचालन शिविरको समापन कार्यक्रममा केएचडिसीका चिकित्सक ,नर्स, सयमसेवक र शिविरका लागि स्थान उपलब्ध गराउने विधालया लगायत शिविरमा सहयोग पुराउने सहयोगीहरुलाई वडाकार्यालयले सम्मान सहित कदरपत्र प्रदान गरिएको थियो । केएचडिसीले हालसम्म धरान, तरहरा, इटहरी, टंकीसुनवारी, झापा र पहाडी क्षेत्र पाचथर ,तापलेजुगं सम्म पुगेर यस्ता निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिसकेको छ । हालसम्म करिब २ लाख ५० हजार भन्दा बढीलाई चेकजाँचसँगै उपचार समेत गराइसकेको जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय