शैलुङका युवकको विभत्स हत्यामा संलग्न ३ जना पक्राउ

गएको पुष १६ गते बेलुका मृत फेला परेका दोलखा शैलुङ गाँउपालिका एक युवाको हत्या गरिएको खुलेको छ । गाउँपालिका वडा नम्बर– ४ मागापौवाका १८ बर्षिय युवकको भिष्म भण्डारीको हत्या प्रेमीकाको परिवारले गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय दोलखाले आइतबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न व्यत्तिहरु सार्वजनानिक गरेको छ।

गाँउकै एउटा मेलामा चिनजान भएको १६ बर्षिय दलित बालिकासंग मृतक १८ बर्षिय भिष्म भण्डारीको प्रेम सम्बन्ध रहेको थियो । मृतक भण्डारीसँग आफ्नो छोरीको प्रेम सम्बन्ध रहेको थाहापाएपछि शैलुङ गाँउपालिका वडा नम्बर– ५ काटाकुटीका बालिकाका बुबा पुष्कर नेपाली, काका इश्वर दर्जी र नेपाली सेनामा कार्यरत दाजु विशाल नेपालीले धारीलो हतियार प्रहार गरी विभत्स हत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताए ।
हत्या गरीएका भण्डारीको विभत्स शव पुष १६ गते भेटिएको थियो । मृतकको टाउको छुट्टाईएको, नाक काटेको, औला छिनेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

पुष १६ गते शव भेटिएपछि दोलखा प्रहरीले बागमति प्रदेश प्रहरी र सिआईबिको समेत सहयोगमा अनुसन्धान सुरु गरेको दोलखा प्रहरीले जनाएको छ । सो क्रममा माघको पहिलो साता बालिकाको बुबा, काका, दाजु लगायतलाई पक्राउ गरी सोधपुछ गरिएको थियो ।

भण्डारी र सबालिकाको फोनमा चिनजान भएको थियो । बालिकाको बुबा गाउँमा रहेको पुजा गएको बखत मृतक भण्डारी सो बालिकाको घरमा गएर बसेका थिए । पुजा बाट मादक पदार्थ सेवन गरि घर आएका बालिकाका बुबा र ठुलोबुबा सुत्न जाने क्रममा मृतक भण्डारीलाई छोरीसंग एउटै कोठामा भेटेपछि बुबा लगायतले उनलाई घरबाट निकालेर छोरीलाई घरभित्रै चुक्कुल लगाई थुनेको अनुसन्धाजबाट खुलेको खड्काले बताए । सो क्रममा मृतक भण्डारीले प्रेमीकाको बुबा पुष्कर र काका इश्वरसंग विवाद गरेपछि काका इश्वरले घरबाट धारीलो हतियार ल्याई मृतक भण्डारीमाथि प्रहार गरेको उनको भनाई छ ।

धारीलो हतियारको प्रहारबाट घाईते भएका भण्डारीलाई केही पर धारामा लगेर बालिकाको बुबा पुष्कर र इश्वरले टाउको गिडेका थिए । त्यसरी भण्डारीको विभत्स हत्या गरेपछि बालिकाको बुबा पुष्कर र काका इश्वरले बालिकाको दाजु विशालको समेत सहयोगमा शव नजिकको बजिनिको खोल्सामा फालिदिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । टाउको गिडेपछि भण्डारीको शरिरबाट रगत आउन्जेल नजिकैको धारामा पखालिएको अनुसन्धान बाट खुलेको छ । बालिकाको बुबा पुष्करले मृतकको शरिर बोकेको र काका इश्वरले टाउको बोकेर विशाल समेतको सहयोगमा बजिनिको खोल्सामा लगेर फालेका थिए ।आईतवार हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरेको दोलखा प्रहरीले सोमवार अदालत पेश गर्ने जनाएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय